समाज

अब काठमाडौं महानगरका सम्पूर्ण विभागीय कार्यालय एउटै भवनमा

फागुन १५, २०७६

    काठमाडौं : भूकम्प गएको पाँच वर्षपछि काठमाडौं महानगरपालिकाले एउटै भवनबाट महानगरबासीलाई सेवा सुविधा दिने भएको छ। महानगरले सम्पूर्ण विभागीय कार्यालय एउटै भवनमा राख्‍ने तयारी थालेको हो।

    नेपाल ट्रष्टको नाममा रहेको काठमाडौं प्लाजाको भवनबाट महानगरले सम्पूर्ण विभागीय कार्यालयहरू सञ्चालन गर्ने तयारी गरेको हो। १० वर्षसम्मका लागि ट्रष्टको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्न लागेको काठमाडौं महानगरले जनाएको छ।

    महानगरबासीको सहजताको निम्ति सम्पूर्ण कार्यालय एउटै भवनमा राखेर महानगरबासीलाई सुविधा दिन लागेको प्रवक्ता इश्वरमान डंगोलले बताए। उनका अनुसार महानगरपालिकाको कार्यपालिका परिषद् बैठकले एउटै भवनमा सम्पूर्ण कार्यालय राख्‍ने गरी भवनको खोजी गर्ने निर्णय गरिसकेको छ। महानगरको पहिलो योजना नेपाल ट्रष्टको जग्गामा रहेको भवन काठमाडौं प्लाजाको भवनलाई लिने हो।

    नेपाल ट्रष्टको भवन सरकारी भएकोले लिखित् सम्झौता गरेर लिन सकिने उनले बताए। 'काठमाडौं प्लाजाको भवन पुरानो कम्पनीलाई दिएको समय असारदेखि सकिँदैछ' उनले भने, 'त्यसभन्दा अगाडि महानगरपालिकाे सम्झौता गर्ने तयारी गरिरहेको छ।' भाडा दर कति कामय हुन्छ भन्‍ने सम्झौता प्रक्रिया बेला थाहा हुने प्रवक्ता डंगोलले बताए।

    आगामी भदौदेखि महानगरबासीले महानगरको एउटै भवनमा सेवा लिन पाउने डंगोलको भनाइ छ। महानगरबासीले राजश्व तिर्नदेखि नक्सा पासको सुविधा एउटै भवनको कार्यालयबाट पाउने डंगोलले प्रष्टयाए। एकै ठाउँमा कार्याल राखेपछि महानगरबासीको समय र पैसा बचत हुने उनको भनाइ छ। ट्रष्टको भवनको विकल्पमा महानगरले सम्पूर्ण कार्यालय राख्‍ने सक्ने अन्य भवन पनि खोजी गरिने डंगोलले बताए।

    'महानगरका विभागीय कार्यालय राजधानीका विभिन्‍न स्थानमा छरिएर रहेका छन्। बागदरबारस्थित पुरानो भवनलगायत बबरमहलस्थित कर कार्यालय अगाडिको भवनमा, ताहाचल, थापाथली,भृकुटीमन्डप सभागृह, टेकु, जिविसको भवनमा र बिजुली बजारमा विभाग तथा शाखा रहेका छन्' उनले भने।

    उनका अनुसार नक्सा पास गर्नलाई बबरमहल जानुपर्ने बाध्यता रहेको थियो। सुनधारास्थित जेडिए भवनमा महानगरका प्रमुख, उपप्रमुख र प्रशासनिक विभागका कार्यालय छन्।महानगरपालिकाको कार्यालय रहेको वागदरबारस्थित भवन २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि भाडाका भवनबाट सेवा दिँदै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]