समाज

बाघको आतंकले नारायणखोलाका स्थानीय त्रसित

फाइल फोटो
फागुन १५, २०७६

    सर्लाही : सर्लाहीको उत्तरी चुरे क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा बाघको आतङ्कले स्थानीय वासिन्दा त्रसित भएका छन्। जिल्लाकै दुर्गम मानिने नारायणखोलास्थित डाईनी खोला क्षेत्रमा एक साताअघि अचानक देखा परेको बाघले मान्छे र चौपायलाई आक्रमण गर्न थालेपछि स्थानीय वासिन्दा त्रसित भएका हुन्।

    बाघले अहिलेसम्म एक जनालाई घाइते बनाएको छ भने दुईवटा गाई र छवटा बाख्रा मारिसकेको स्थानीय वासिन्दाले बताएका छन्। अघिल्लो हप्ताको बुधबार घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला बाघको आक्रमणमा परी डाईनी खोलाका स्थानिय २५ वर्षीय दूधराज तामाङ गम्भीर घाईते भएका छन्। तामाङको अहिले पनि काठमाण्डौंमा उपचार भइरहेको छ।

    यस्तै, बाघले गत शनिबार स्थानीय कान्छामान गोङ्बाको दुईवटा गाई मारेको छ भने एउटा गाईलाई घाईते बनाएको छ। यसैगरी, बुधबार अपराह्‍न अर्का स्थानीय सनसरसिंह दोङको ६ वटा बाख्रा बाघले मारेको नारायण खोलाका स्थानीय अमर मगरले जानकारी दिए।

    यसरी बाघले धमाधम मान्छे र चौपायामाथि आक्रमण गर्न थालेपछि पूरै बस्ती त्रसित भएको नारायणखोलाका वडाध्यक्ष सुबाईसिंह ब्लोनले जानकारी दिए। डाइनीखोलाको अधेरी वन क्षेत्रमा बसिरहेको बाघले मान्छे तथा चौपाया जे देखे पनि झम्टिने गरेको छ। बाघको आतङ्कले रातदिन जाग्राम बसिरहेको डाईनीखोलाका स्थानीय मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]