समाज : सुरक्षा/अपराध

३० हजार घुससहित प्रधानाध्यापक पक्राउ

फागुन १५, २०७६

    दैलेख : जिल्लाको नौमुले गाउँपालिका १ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

    सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले प्रधानाध्यापक सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

    घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका-१ मा रहेको एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]