समाज : सुरक्षा/अपराध

धनुषामा २० हजार घुससहित वडासचिव पक्राउ

फागुन १६, २०७६

    जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका-२ को वडा कार्यालयमा कार्यरत वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्। सेवाग्राहीबाट २० हजार घुस लिँदालिँदै वडासचिव (खरिदार) सुशिल ठाकुरलाई पक्राउ गरेको अख्तियारको टोलीले पक्राउ गरेको हो।

    जन्म प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले वडासचिव ठाकुरलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

    बिहीबार पक्राउ परेका वडासचिव ठाकुरलाई बर्दिबास कार्यालयले नियन्त्रणमा राखेको छ। उनीमाथि अनुसन्‍धान भइरहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]