समाज

अवैध गाँजासहित तीनजना भारतीय पक्राउ

फागुन १६, २०७६

    पर्सा :  लागुऔषध ६ किलो गाँजासहित ३ भारतीय युवालाई पर्सामा पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरीले टोलीले शुक्रबार मध्यान्ह जिल्लाको शंकराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो। 

    पक्राउ परेका तीनैजना युवाले शरीरको दुवै भागमा प्लाष्टिकमा गाँजा राखी डोरीले बाँधेर सीमा कटाउन लागेको समयमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। उनीहरू तीनै जना युवाले दुईदुई केजीका दरले गाँजा बोकेका रहेछन् उनले भने । 

    पक्राउ पर्ने युवा भारत विहार जिल्ला छपरा ग्राम महुली वडा नम्बर २ थाना तरैया बस्ने ३५  बर्षीय दिनेश सहनी, सोही ठाउँका २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेको पर्साका प्रहरी नायव उपरीक्षक शाहीले बताए। 

    पक्राउ परेका अभियुक्तलाई लागुऔषध मुद्दामा थप अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले बताए। 

    शंकास्पद अवस्थामा पैदल नै सीमा काट्न लागेको समयमा सहनी त्रयलाई चेकजाँच गर्दा शरीरमा नै गाँजा बाँधेर भारततर्फ प्रवेश गर्न लाग्दा दशगजानजिकै नेपाली भूभागबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]