खेलकुद

इरानमा कोरोनाको संक्रमणबाट महिला खेलाडीको मृत्यु

फागुन १६, २०७६

    इरानकी एक महिला खेलाडीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। इरानी महिला राष्ट्रिय फुटसल टोलीकी खेलाडी २३ वर्षीया एलहाम शेखीको कोरोनाभाइरसको कारण मृत्यु भएको बताइएको छ।

    उनलाई १० दिन अघि अस्पतालमा भर्ना गरिएकोमा बुधबार मृत्यु भएको सरकारी समाचार एजेन्सी रोकनाले उल्लेख गरेको छ। इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ भने संक्रमितको संख्या ३ सय ८८ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

    कोरोनाका त्रास फैलिएसँगै इरानमा सबै खेल स्थगित गरिएको छ। इरानका उपराष्ट्रपति मासोमेह इब्तेकर, उपस्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]