राजनीति

भीम रावललाई विमानस्थलको भिआइपी कक्षमा जान रोकियो

सुरक्षा व्यवस्थाबारे जानकारी नगराएको भन्दै असन्तुष्टि

फागुन १७, २०७६

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले आफूलाई विमानस्‍थलको भिआइपी कक्षमा जान रोकिएको भन्दै आक्रोश पोखेका छन्। 

    शनिबार बिहान धनगढी विमानस्थलको भिआइपी कक्षमा जान नेता रावललाई रोक लगाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्यक्रम रहेको भन्दै उपप्रधानमन्त्रीसमेत रहेका रावललाई भिआइपी कक्षमा जानबाट सुरक्षाकर्मीले रोक लगाएको हो। 

    राष्टपतिको सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले नेता रावललाई रोक लगाएपछि उनी आक्रोशित भएका थिए। उनी काठमाडौंबाट शनिबार बिहान श्री एयरलायन्सको विमानमार्फत धनगढी पुगेका  थिए। 

    भिआइपी कक्षमा जानबाट रोक लगाएपछि नेता रावलले पत्रकार सम्मेलनमार्फत असन्तु‍ष्टि जनाएका हुन्। विशिष्ट कक्ष जान नपाएकोमा मलाई त्यस्तो कुनै समस्या छैन। तर, सुरक्षा व्यवस्थाबारे जानकारी गराउन त सकिन्थ्यो होला नि’ उनले भने। सुरक्षाकर्मीले भिआइपी कक्षबाट प्रवेश गर्न नदिएपछि उपप्रधानमन्त्री रावल ट्रली बोक्ने बाटोबाट बाहिरिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]