समाज

प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा दान

फागुन ३०, २०७६

    सोलुखुम्बु : थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ। स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा बिहीबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन्।

    गाउँपालिका केन्द्र मुक्लीमा सञ्चालन हुने तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका स्थापित शिक्षालयलाई  जगतबहादुरले निःशुल्क जग्गा प्रदान गरेको गाउँ कार्यपालिका सदस्य बुद्धिराज राईले जानकारी दिए। यहाँ शिक्षालय सञ्चालन गर्न प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि)बाट सम्बन्धन प्राप्त भएको हो।

    ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरगाउँमै प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना भएको शिक्षालयलाई निःशुल्क जग्गा उपलब्ध गराउनु आफ्नो दायित्व समेत भएको जग्गादाता जगतबहादुरले बताए। गाउँका सर्वसाधरण नागरिकका छोराछोरीले शिक्षा लिने मात्रै नभए गाउँको विकासका लागि आफूले सात लाख रुपैयाँ मूल्य बराबरको साढे सात रोपनी जग्गा निःशुल्क दान गरेको राईले बताए।

    सस्तो शुल्कमा इन्जिनियर उत्पादन गर्ने गाउँपालिकाको योजना अनुसार शिक्षालय स्थापना गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]