मनोरञ्जन

पूर्व नेपाल सुन्दरी उषाले तोडिन् वैवाहिक सम्बन्ध

चैत २, २०७६

    काठमाडौं :  पूर्व मिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन्। 

    एक टेलिजिनसँगको कुराकानीमा आफ्नो १७ वर्षे वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाएको घोषणा गरेकी हुन्।  खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो। विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन्।

    यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो। यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए। तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन्।

    जीपी तिमल्सिना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो। २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो। हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन्। खड्गी सन् २००० कि मिस नेपाल हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]