समाज

माथिल्लो तामाकोसीको बाँध परीक्षण सुरु

चैत ३, २०७६

    दाेलखा : राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण सोमबारदेखि सुरु गरिएको छ। दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको आयोजनाको विद्युत् उत्पादन अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रूपमा परीक्षण स्ुरु गरिएको हो। 

    बाँध क्षेत्रको प्राविधिक परीक्षण चैत २२ गतेसम्म गरिने बताइएको छ। आयोजनाको बाँधक्षेत्र परीक्षणअन्तर्गत इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडबक्र्स का संरचनाको प्राविधिक परीक्षण हुन लागेको आयोजनाले जनाएको छ। विद्युत् क्षेत्रमा विशेष महत्व राखेको ४ सय ५६ मेगावाट क्षमताको यस आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि २०७२ सालको विनाशकारी भूकम्पका कारण केही समय ढिला हुन गएको थियो। 

    आयोजनाको बाँध क्षेत्र परीक्षण अवधिभर नदीको पानी रोक्ने र छाड्ने काम गरिरहनुपर्ने भएका कारण पानीको सतहमा तलमाथि हुने हुँदा तामाकोसी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिगटी बवार, तामाकोसी बजार तथा मन्थलीसम्म  केही गतिविधि नगर्न आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]