समाज

नाम्चेका सबै होटल बन्द, मजदुरको रोजगारी गुम्यो

व्यवसायी भन्छन्, ‘अब कसरी किस्ता तिर्नू ?’

चैत ७, २०७६

    सोलुखुम्बु : सगरमाथा प्रवेशद्वार नाम्चे बजार क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएका छन्। कोरोना त्रासका कारण शुक्रबार (आज) देखि अनिश्चितकालीन बन्द गरिएको नाम्चेका होटल सञ्चालक लामाकाजी शेर्पाले जानकारी दिए। बिहीबार बसेको नाम्चे लज एन्ड होटल एसोसिएसनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। नाम्चे लज एण्ड होटल यशोसियशनका उपाअध्यक्ष निमाडोमा शेर्पाले जानकारी दिइन् । 

    सयौं मजदुरको रोजगारी गुम्यो 

    नाम्चे क्षेत्रमा रहेका ४० वटै होटल बन्द भएपछि त्यहाँ कार्यरत करिब तीन सय मजदुर घर फर्केका छन्। अधिकांश मजदुर यो सिजनका लागि २० दिन अघिदेखि त्यस क्षेत्रमा पुगेका थिए। सोलुखुम्बुसहित काभ्रे, नुवाकोट लगायतबाट खुम्बु क्षेत्रमा रोजगारीका उनीहरु आएका थिए। सिजनमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउन बाध्य भएको होटल हिलटेनका सञ्चालक ईश्वरराज तामाङले बताए। उनका अनुसार हिलटेनमा काम गर्ने २९ जना मजदुर शनिबार घर फर्कंदै छन्। होटल व्यवसायमा ८५ प्रतिशतले गिरावट आएपछि कामदार फर्काउन बाध्य हुनुपरेको होटल सञ्चालकहरु बताउँछन्। 

    ८० प्रतिशत कामदार खुम्बुबाहिरका भएकाले स्वास्थ्य समस्या आए अस्पताल र उद्धारका लागि भरपर्दो माध्यम नहुँदा होटल नै बन्द गर्नुपरेको ग्रिनतारा होटलका सञ्चालक एवं नाम्चे लज एन्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाले बताए। 

    व्यवसायी भन्छन् : नाफाको कुरै छाडौं, किस्ता कसरी बुझाउनु ?

    विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बु क्षेत्रमा हजारौं पर्यटकको आवगमन हुने भएपछि व्यवसायीले राम्रै लगानी गरेर होटल पसल सञ्चालन गर्ने गर्छन्। 
    खुम्बु क्षेत्रका ६० प्रतिशत होटल सञ्चालकले कर्जा लिएर होटल चलाउँदै आएका छन्। सिजनको आम्दानीले बाह्रै महिना धान्नुपर्ने भएकाले व्यवसायी बढी मारमा परेको शेर्पाले गुनासो गरिन्। ‘नाफाको कुरा छाडौं, बैंकको किस्ता तिर्ने र व्यवसाय कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले दुःख पोखिन्। 

    ‘सरकारको सहयोग नभए उठ्न सक्दैनौं’ 

    व्यवसायीलाई सहयोग गर्न शेर्पाले सरकारसमक्ष आग्रह गरिन्। कोरोना सक्रमणले थलिएको व्यवसाय उठाउन १० वर्षभन्दा बढी समय लाग्ने अनुमान गर्दै उनले यस विशेष परिस्थितिमा सरकारको सहयोग अपरिहार्य रहने बताइन्। यो सिजनमा खुम्बु क्षेत्रका होटल पसल भरिभराउ हुने भए पनि अहिले सुनसान देखिएका छन् 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]