समाज : सुरक्षा/अपराध

गहुँको बोटले बाँधिएको अवस्थामा जग्गा व्यवसायीको शव भेटियो

चैत ८, २०७६

    बारा : जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ। 

    शवसँगै उनको ना५५प ४६७८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। उनको खल्तीमा २० रुपैयाँ मात्र नगद भेटिएको घटनास्थल पुगेका प्रहरीले जनाएका छन्।  

    शव संकास्पद

    इलाका प्रहरी कार्यालय कोल्बीको टोलीले घटनास्थल शव जाँच प्रकृति मुचुल्का तथा अनुसन्धानमा दुवै हात बाधिँएको अवस्था पाइएको जनाएको छ। सुतरी र गहुँको हरियो छ्वालिले बाँधेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले जानकारी दिए। घटनाबारे अनुसन्धान गर्न जटिल भएकोले बारा जिल्ला स्वास्थ्यका फोरेन्सिक ल्याबका प्राविधिक टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ।  

    ‘जिल्ला अस्पताल कलैयामा शव परीक्षण गरिएको छ,’ प्रहरी  मिश्रले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको छ।’  घटना अनुसन्धानका क्रममा केही माथि सोधपुछ भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए। जग्गाको कारोबारी मृतक वाजिरले भैंसी खरिद–बिक्रीको काम पनि गर्दै आएका थिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]