राजनीति

चीनले भन्यो : नेपालले आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौं

स्वास्थ्य सामाग्री पठाउन तयार रहेको जानकारी

चैत १०, २०७६

    काठमाडौं : कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ।

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्। सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो।

    'हामी नेपालका लागि प्रार्थना गर्दैछौं', उनले भनेकी छन्, 'हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।'

    उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन्। 'तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं', उनले भनेकी छन्। 

    कोरोना भाइरसविरुद्ध लड्न नेपालले चीनबाट १९ थरी भन्दा धेरै स्वास्थ्य सामाग्री ल्याउने तयारी गरेको छ। चीनले सहयोग गर्न तयार रहेको बताएपछि स्वास्थ्य मन्त्रालयले जहाज चार्टर्ड गरेर चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामाग्री केही दिनमै ल्याउँदैछ।

    गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसविरुद्धको कठिन संघर्षमा चीन लगभग विजयी भइसकेको छ। उसले अहिले कोरोना भाइरससँग लडिरहेका इटाली, स्पेन, अमेरिकासहितका देशलाई सहयोग गर्नमा आफूलाई केन्द्रित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]