स्वास्थ्य

सुदूरपश्चिमका तीन अस्पताललाई ४६ थान पिपिई वितरण

चैत ११, २०७६

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) वितरण गरिएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपिई वितरण गरेको हो।

    प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोसाक अथात् पिपिई उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई ३०, कञ्चनपुरको महाकाली अस्पताललाई १२ र कैलालीको टीकापुर अस्पताललाई ४ थान पीपीई उपलब्ध गराइएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]