समाज

सीमा सिल गरेकै दिन ६ कार्टुन माछा बरामद

चैत ११, २०७६

    भद्रपुर : नेपाल-भारत सीमा सिल गरेकै दिन चोरी निकासीको बाटो प्रयोग नेपाल भित्राइएको ६ कार्टुन माछा बरामद गरिएको छ। 

    वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका टोलीले विशेष सूचनाको आधारमा भद्रपुर ५ स्थित मसानघाट नजिकैबाट माछा भरिएका ६ वटा कार्टुन बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। बरामद गरिएको माछा २ सय केजी भन्दा बढी थियो। 

    बरामद गरिएको माछालाई अस्थायी क्वारेन्टाइन चेक पोस्ट भद्रपुर परिसरमा सबैको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। कोरोना भाइरस संमणक्र फैलिन नदिन भद्रपुर नाकाबाट भित्राइने भारतबाट आयातित माछा-मासुमा रोक लगाएपछि चोरी निकासीको बाटोबाट व्यापारीले माछा भित्र्याउने खोजेको प्रहरीले जनाएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]