कोभिड-१९ {अपडेट}

कोरोना भाइरस त्रास : अरुण तेस्रोको काम स्थगित

चैत १२, २०७६

    संखुवासभा : विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमणका कारण संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित गरेको छ। कोरोना भाइरस संक्रमण नेपालमा समेत देखा परेपछि सरकारले मंगलबारबाट लक डाउन गरेको हो।  

    कोरोना भाइरसको संक्रमणबाट बच्न मंगलबार देशभर लक डाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको हो। भारतिय निर्माण कम्पनी सतजलले जलविद्युत निर्माण मंगलबारबाट सम्पूर्ण काम स्थगित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) अरुण धिमानले जानकारी दिए।

    अरुण तेस्रो परियोजनामा २५ सय भन्दा बढी भारतीय र नेपाली कामदार रहेको छन्। सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत् गृहको काम गरिरहेको  छ।

    अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ। ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकास एशीसियटस र पावर हाउस रहेको  दिदिङमा पटेल इन्जीनियरिङ कम्पनीले  निर्माण कार्यको जिम्मा पाएका छन्।

     पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ। 

    आयोजना प्रभावित  क्षेत्रका परिवारलाई आयोजनाले ३० युनिटका दरले निः शुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त  आयोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]