समाज

लकडाउनको नियम तोडेर बहादुरी नदेखाउन प्रहरीको आग्रह

आदेश उल्लंघन गर्ने ३०० बढी सवारीसाधन नियन्त्रणमा

चैत १२, २०७६

    काठमाडौं : सरकारले एक साताका लागि मुलुक लकडाउन गरेको दोस्रो दिन आज पनि देश सुनसान छ। काठमाडौंमा अत्यावश्यक बाहेकका सवारी सञ्‍चालन भएका छैनन्। बिहान दूध, तरकारी लगायतका अतिआवश्यक वस्तु खरिदका लागि सवारी सञ्‍चालन भएको देखिए पनि दिउँसो सडक सुनसान छ।

    सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। अत्यावश्यक र पास लिएका बाहेकका सवारीलाई चल्न दिइएको छैन। 

    कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो।

    अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

    हिजो पहिलो दिन कतिपयले लकडाउनलाई गम्भीर रुपमा नलिएपछि आजदेखि सडकमा सुरक्षाकर्मीले कडाई गरिरहेका छन्। हिजो लकडाउन उल्लंघन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। सरकारले नागरिककै हितका लागि लकडाउन गरेको भन्दै यसलाई तोडेर बहादुरी नदेखाउन आग्रह गरेको छ।

    अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए। हिजो मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो।

    फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले यसको जोखिमलाई मध्यनजर गर्दै ११ चैतदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]