समाज

मास्क उत्पादन गरेर वडामा पठाउँदै ललितपुर महानगर

चैत १२, २०७६

    काठमाडौं: ललितपुर महानगरपालिकाले तालिम प्राप्त व्यक्तिहरुले सिलाएका मास्क र सेनिटाइजर महानगरभित्रका वडाहरुमा पठाउने भएको छ। महानगरको विपद् व्यवस्थापन समिति र सामाजिक विकास समितिको बैठकले उक्त निर्णय गरेको हो।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेलगत्तै बजारमा मास्क र सेनिटाइजरको अभाव भएपछि ललितपुर महानगरपालिकाले प्रतिनिधि वडावासी मास्क सिलाउने र स्यानिटाइजर बनाउने तालिम दिएको थियो।

    प्रत्येक वडाको लागि अहिले एक हजार मास्क पठाउने निर्णय भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार शुक्रबारदेखि वडामा मास्क र सेनिटाइरजर पठाइन्छ। महानगरले हात सफा राख्न प्रयोग गरिने स्यानिटाइजर पनि वडालाई उपलब्ध गराउने भएको छ। ५० एमएल स्यानिटाइजर ५० रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको छ।

    यसैगरी महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा. मदन पियाको संयोजकत्वमा कोरोना भाइरसको रोकथाम तथा संक्रमणबाट हुने जोखिम न्यूनीकरण सल्लाहकार प्राविधिक टिम गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]