समाज

कांग्रेस महासमिति सदस्य लामाको निधन

चैत १४, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ। 

    कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए।

    लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउण्डेशनका अध्यक्ष थिए। 

    संयुक्त अधिराज्य बेलायतबाट स्नातकोत्तर उत्तीर्ण लामा बौद्धधर्मका ज्ञातासमेत थिए। लामाका श्रीमती, एक छोरा, एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]