विश्व

'उत्तर कोरियामा कोरोना भाइरसका एकजना पनि बिरामी छैनन्'

स्वास्थ्य अधिकारी भन्छन् : सीमा बन्द गरेकाले समस्या भएन

चैत २०, २०७६

    सोल : उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै आफ्नो देशलाई 'कोरोना फ्री' घोषणा गरेको छ।

    विश्‍वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको अवस्थामा उत्तर कोरियाको आश्‍चर्यजनक भनाइ आएको हो। संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको दाबी गरेको हो।

    उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले यस्तो जानकारी दिएका हुन्। उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन्।

    तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका बिरामीहरु भेटिए पनि बाहिर नभनेको बताउने गरेका छन्। यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको छ।

    तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो। सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्‍ने उपायबारे कडा कानुन लागू गरेको बताइएको छ।

    उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताएका छन्। 

    उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्‍वारेन्टाइनमा राख्‍ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता काम गरेकाले यो महामारी फैलिन नपाएको जानकारी दिएका छन्। 

    तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक बिमी भएको थाहा पाएको बताएका छन्। गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाई थियो।

    दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए। त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन्।

    उनले उत्तर कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएका थिए। तर त्यस विषयमा उत्तर कोरियाको जवाफ नआएको अधिकारीहरु बताउँछन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]