विश्व

फ्रान्समा एकै दिन १३ सय भन्दा बढीको मृत्यु, अमेरिकामा करिब साढे २ लाख संक्रमित

चैत २१, २०७६

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। 

    एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो। फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ। फ्रान्सपछि  सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृयु भएको थियो भने इटालीमा ९ सय ६१ जनाको मृत्यु भएको थियो। विश्वमा मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। 

    इटालीमा मृत्यु हुनेको संख्या १३ हजार भन्दा माथि पुगेको छ। इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ। त्यहाँ संक्रमित १ लाख १५ हजार पुगेको छ। त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ६ हजरा १३ पुगेको छ भने सक्रमित २ लाख ४४ हजार नाघेको छ। 

    विश्वमा संक्रमितको संख्या १० लाख नाघेको छ। त्यस्तै २ लाख १२ हजार निको भएर घर फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]