स्वास्थ्य

धुलिखेल अस्पतालमा उच्च ज्वराेका कारण एक महिलाको मृत्यु

मृतककी छोरी कतारबाट आएकी थिइन्

चैत २३, २०७६

    काभ्रे : जिल्लाको धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ। पनौती नगरपालिका-१२ स्थित कलाती भूमिडाँडाकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो। 

    तामाङलाई आज (आइतबार) बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको थियो। ती महिलालाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो।

    तर अस्पताल पुर्‍याउनसाथ उनलाई डाक्टरले मृत घोषण गरिएको पारिवारिक स्रोतले जनाएको छ। मृतकको शव हाल अस्पतालमा नै राखिएको छ।

    तामाङको के कारणले मृत्यु भएको हो भन्ने कुनै रिपोर्ट आएको छैन। मृतकको नमुना संकलन गरेर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले थाहाखबरलाई जानकारी दिए।  

    मृतककी छोरी कतारबाट नेपाल आएकी थिइन्

    मृतक तामाङकी २८ वर्षीय छोरी भने यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन्। त्यस्तै कतारबाट आएकी उनीसहित उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको डाक्टर ताम्राकारले बताए।

    उनका अनुसार सुकुमायाको पनि नमुना संकलन गरी परिक्षणको लागि टेकु पठाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]