कोभिड-१९ {अपडेट}

'रुममेट' लाई कोरोना भएपछि भक्तपुरकी नर्स आइसोलेसनमा

बैशाख ३१, २०७७

    भक्तपुर : नयाँथिमीस्थित एकै कोठामा बस्दै आएकी साथीलाई कोरोना संक्रमण भएपछि एकजना नर्स अस्पताल भर्ना भएकी छन्। ललितपुरको आरोग्य फाउन्डेसनमा कार्यरत साथीलाई मंगलबार कोरोना पुष्टि भएपछि भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा कार्यरत ती नर्स बुधबार अस्पताल भर्ना भएकी हुन्।

    कोरोना संक्रमितसँग एकैकोठामा बसेकाले उनको पनि स्वास्थ्य परीक्षण गरिने भएको छ। उनलाई पनि आवश्यक स्वास्थ्य परीक्षण तथा निगरानीका लागि टेकु अस्पताल लगिने भएको छ। 

    कोरोना पुष्टि भएसँगै निदान अस्पतालमा कार्यरत २५ वर्षीय नर्स मंगलबारै राति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भइसकेकी छन्। 

    एकैकोठामा बसेकी साथी संक्रमित भएपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत ती नर्स भक्तपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी हुन्। उनलाई चिकित्सकले निगरानी गरिरहेका छन्। उनको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। 

    निदान अस्पतालस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत उनकी साथी दुई दिनअघि मात्रै सुनसरीको झुम्काबाट मोटरसाइकलमा चढेर भक्तपुर आएकी थिइन्। अस्पताल ड्युटीमा फर्कनुपर्ने भएपछि उनको कोरोना जाँच भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]