समाज

खोटाङ कारागारमा कैदीबन्दी र आफन्तबीच भेटघाटमा रोक

जेठ २, २०७७

    ओखलढुङ्गा : जिल्ला कारागार  खोटाङमा कैदीबन्दीसँग आफन्तलाई भेटघाट गर्न रोक लगाइएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी भेटघाटामा रोक लगाइएको हो। 

    सरकारले चैत ११ देखि लकडाउन गरेसँगै कैदीबन्दी र आफन्तबीच भेटघाट रोक लगाइएको हो। बाहिरको मानिस र कैदीबन्दीबीच भेटघाट हुँदा कोरोना संक्रमण हुने सम्भावना रहेकाले भेटघाटमा रोक लगाइएको जिल्ला कारागार खोटाङका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।

    जिल्ला कारागार कैदीबन्दीहरु आफूहरुमा दूरी कायम गरेर बसिरहेको र नयाँ बन्दीहरुलाई कोराना परीक्षण गरेर मात्र कारागार ल्याइने आचार्यको भनाइ छ।

    १२० को जनाको क्षमता रहको जिल्ला कारागार खोटाङमा पुरुष थुनुवा १८ सहित १२५ र महिला थुनुवा एकसहित तीन गरी जम्मा १२८ कैदीबन्दी रहेका छन्। कारागारमा ८० पुरुष ४० जना महिला राख्न सकिने भए पनि पुरुष ब्लकमा भने क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]