समाज : सुरक्षा/अपराध

वन समूहका सचिवकै मिलेमतोमा काठ तस्करी

जेठ २, २०७७

    ओखलढुंगा : वनसमूहका पदाधिकारीकै मिलेमतोमा वनतस्करी भएको खुलेको छ। लिखु गाउँपालिका २ सिंहदेवीस्थित बाघखोर ठूलीवन सामुदायिकमा लकडाउनका समयमा मिलेमतोमा सालका रुख काटिएका छन्। 

    स्थानीय उपभोक्ताका अनुसार वन समूहका सचिव रामकुमार बुढाथोकी नै तस्करीमा संलग्न भएका हुन्। उपभोक्ताले साल काटिएको विषय समूह तथा वडा कार्यालयमा छलफल गराउँदा कारवाही नभएपछि डिभिजन वन कार्यालय ओखलढुंगामा उजुरी गरेका छन्। 

    उपभोक्ताले बुढाथोकीविरुद्ध उजुरी दर्तासमेत गराएका छन्। सामुदायिक वनका साल वन समूहको निर्णय र पुर्जीबिनै सचिवले काटेका स्थानीयले आरोप लगाएका उजुरीकर्ता बलराम राउतले बताए । उनका अनुसार समूहका सचिवले १२ वटा सालका रुख काटेका थिए। 

    उपभोक्ताले भनेपछि मात्रै आफूले यसबारे थाहा पाएको वन समूहका अध्यक्ष विष्णु तिमिल्सिनाले बताए। सामुदायिक वनको काठ चोरी निकासी समूहकै पदाकिारीको मिलेमतोमा भएको उजुरीको आएको डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिए । उनले प्राविधिकसमेत खटाएर अध्ययन गरेपछि कारवाही थालिने बताए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]