समाज

दुईजनामा आरडिटी पोजिटिभ देखिएपछि भक्तपुरका तीन क्षेत्र सिल

जेठ ४, २०७७

    भक्तपुर : भक्तपुरको तीन क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ। नवलपरासीबाट डेरामा फर्किएका एकजना र काठमाडौं महानगरपालिकाका सफाई मजदुरको आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ देखिएपछि भक्तपुरको सल्लाघारी, पाण्डोबजार र ल्योसिंख्य क्षेत्र सिल गरिएको हो। 

    भक्तपुरको सल्लाघारीमा डेरा गरी बस्ने एक पुरुष नवलपरासीबाट शुक्रबार डेरामा फर्किएका थिए। उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि सल्लाघारीस्थित उनी बसेको स्थान सिल गरिएको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए। 

    त्यसैगरी काठमाडौं महानगरपालिकाका सफाई मजदुरका रुपमा काम गर्ने सूर्यविनायक नगरपालिका ६ पाण्डोबजार बस्ने एक पुरुषमा आरडिटी रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्र पनि सिल गरिएको छ। साथै, उनको पुख्र्यौली घर भक्तपुर नगरपालिका–५ ल्योसिंख्य भएको र उनी त्यता पनि जाने गरेकाले उक्त क्षेत्र पनि सिल गरिएको एसपी प्रधानले बताए।
     
    आरडिटी परीक्षणमा पोजिटिभ देखिएका दुवै जना र उनको परिवारलाई घरमै क्वारेन्टाइनमा राखिएको छ। उक्त क्षेत्रका स्थानीयलाई आउजाउमा रोक लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]