कोभिड-१९ {अपडेट}

२४ घण्टामा ६ हजार बढी जाँचियो, कुल एक लाख १० हजार बढी परीक्षण

जेठ ७, २०७७

    काठमाडौं : सरकारले पछिल्लो २४ घण्टामा मात्र ६ हजार बढी कोरोनाको परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिमार्फत ३ हजार ६ सय १० वटा र पिसिआरबाट २ हजार ४ सय ८८ वटा परीक्षण गरिएको जनाएको छ।

    यससँगै नेपालमा कुल परीक्षणको संख्या एक लाख १० हजार ५ सय ६६ वटा पुगेको छ। जसमध्ये पिसिआर विधिमार्फत ३५ हजार ४ सय ९४ वटा र आरडिटीविधिमार्फत ७५ हजार ७२ वटा परीक्षण गरिएको हो।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ६ सय २२ वटा, प्रदेश नम्बर २ मा ६ हजार २ सय ३४ वटा, बागमती प्रदेशमा १५ हजार ७ सय ३१ वटा, गण्डकी प्रदेशमा ७ हजार १८ वटा, प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ३९ वटा, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ वटा र सुदुरपश्चिम प्रदेशमा १९ हजार ९४ वटा वटा परीक्षण गरिएको छ।

    आजको अपडेटअनुसार २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमध्ये प्रदेश नम्बर १ मा १ हजार ३ सय ४ जना, प्रदेश नम्बर २ मा ४ हजार १ सय ४४ जना, बागमती प्रदेशमा ३ सय ५३ जना, गण्डकी प्रदेशमा ४ सय ६६ जना, प्रदेश नम्बर ५ मा १४ हजार २ सय ६२ जना, कर्णाली प्रदेशमा ७ सय ६४ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९ जना रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]