कोभिड-१९ {अपडेट}

प्रदेश ५ का दुई सांसदमा आरडिटीबाट देखियो कोरोना

तस्बिर : आरडिटीमार्फत काेराेना परीक्षण गराउँदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल
जेठ ८, २०७७

    बुटवल : प्रदेश ५ का दुई सांसदमा आरडिटीबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। 

    सामाजिक विकास मन्त्रालयले मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान)को प्राविधिक सहयोगमा बिहीबार प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय तथा पत्रकारहरुमा आरडिटी परीक्षण गरेको थियो। 

    शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनअघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको रिपोर्ट पाजिटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए। 

    उनका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डमा कोरोना पोजेटिभ देखिएको हो। ४० जना पत्रकारमा परीक्षण गरिएकामा भने सबैको रिपोर्ट नेगेटिभ आएको मेलानका प्रदेश ५ उपाध्यक्ष मन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबार ४ सय जनामा आरडिटी गरिएको छ। 

    पोजिटिभ देखिएकाहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्न स्वाबसमेत संकलन गरिएको छ। प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]