कोभिड-१९ {अपडेट}

कागेश्वरी नगरका आरडिटी पोजेटिभ देखिएका २३ जनाको पिसिआर नेगेटिभ

जेठ ९, २०७७

    काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका आरडिटी पोजेटिभ देखिएका २३ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। जनप्रतिनिधि, कर्मचारीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडिटी) प्रविधिबाट पोजेटिभ देखिएकाको टेकु अस्पतालमा पिसिआर परिक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएको हो।

    नगरपालिकाले गत सोमबार आरडिटी प्रविधिबाट नगरप्रहरी, सरसफाइ गर्ने कर्मचारी र जनप्रतिनिधिको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। नगरपालिकाका प्रवक्ता राजुराम पुडासैनीले आरडिटी पोजेटिभ देखिएका सबैको पिसिआर रिर्पोट नेगेटिभ आएको बताए।

    ‘आरडिटीबाट कोरोना परीक्षण गर्दा २३ जनामा पोजेटिभ देखिएको थियो,’उनले भने,‘पिसिआर परीक्षणका लागि टेकु अस्पतालमा पठाएका थियौँ। बिहीबार २३ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]