समाज

चौबिसे गाउँपालिकाको सिल पाँच दिन थपियो

जेठ १०, २०७७

    धनकुटा : चौबिसे गाउँपालिकामा गरिएको सिल पुनः पाँच दिनका थपिएको छ। धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सक्रमण देखिएपछि जेठ ५ देखि ९ गतेसम्म गरिएको सिललाई बढाएर जेठ १४ सम्म पुर्याइएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए।

    धनकुटा सदरमुकाममा संक्रमित फेला परेपछि गाउँपालिकामा पनि जोखिम हुन सक्ने भएकाले सिल गरिएको अध्यक्ष राईले बताए। कोरोना भाइरस नियन्त्रणका लागि गठन गरिएको विपत व्यवस्थापन समितिको बैठकले गाउँपालिकामा एम्बुलेन्सबाहेकका सबै सवारीसाधन आवतजावत र अत्यावश्यक सामानका पसल पनि जेठ १४ सम्मलाई बन्द गरिएको छ।

    यसअघि धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको भए पनि शुक्रबारदेखि खुला गरिएको छ। धनकुटामा हालसम्म चारजना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुको कोशी अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]