कोभिड-१९ {अपडेट}

बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा संक्रमितको संख्या १४ पुग्यो

जेठ १०, २०७७

    बैतडी : जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो । 

    उनीहरु यसै साता गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका थिए। नाकामा चेकजाँच उनीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएकाले उनीहरुमा कोरोना संक्रमण आएको हो। उनीहरु भारतको मुम्बइबाट आएका बुझिएको छ।

    संक्रमित युवकहरु सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन्। यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने सुदूरपश्चिममा संक्रमित संख्या १४ पुगेको छ। 

    संक्रमित युवाहरुसँग गौरीफन्टा नाकाबाट शिवनाथका मात्रै ४ सय ७५ जनाभन्दा बढी नागरिक गाउँपालिकाका पुगेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए। 

    यसअघि शुक्रबार संक्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पताल आइसोलेसनमा उपचार भइरहेको छ।  सुदूरपश्चिममा यसअघि भेटिएका ५ जना भने निको भएर घर फकिसकेका छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]