समाज

रिसोर्टमा झुण्डिएको अवस्थामा भेटिइन् युवती

जेठ १४, २०७७

    डडेल्धुरा : डडेल्धुरामा एकजना महिला मृत अवस्थामा फेला परेकी छन्। बुधबार बिहान अमरगढी नगरपालिका-७ की अन्दाजी २१ वर्षीया निर्मला बोहरा मृत अवस्थामा फेला परेकी हुन्।

    उनी अमरगढी नगरपालिका-७ मा रहेको रातो गुराँस रिसोर्टमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

    प्रहरी नायव उपरीक्षक न्यौपानेकाअनुसार घटनास्थलमा अहिले प्रहरी पुगेको छ। उनी विवाहित वा अविवाहित हुन भन्‍ने एकिन भएको छैन। बोहराको हत्या वा आत्महत्या हो अनुसन्धान अनुसन्धान जारी रहेको उनले बताए।

    ‘उनी बाथरुममा डोरीमा भुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। अहिले घटनास्थलको प्रारम्भिक कार्य भइरहेको छ,’ डीएसपी न्यौपानेले भने, ‘प्रारम्भिक रूपमा यहाँ बुझ्दा खेरी बिहान महिला आएर कोठा बुक गरेको भन्नेसम्म खुलेको छ। अरु विस्तृत अनुसन्धान विस्तारै खुल्दै जाला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]