अर्थ

निजीक्षेत्रको प्रतिक्रिया : थलिएको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने बजेट

जेठ १५, २०७७

    काठमाडौं : उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागतयोग्य भएको बताए। उत्पादनका लागि आउनुपर्ने आर्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको उनले बताए।

    क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ

    यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझै पनि आशंका गर्ने ठाउँ रहेको बताए। तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उनले बताए।

    ‘कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुनेछ।‘ उनको प्रतिक्रिया छ। उनले उद्योगी व्यवसायीको सुझावअनुसार विद्युतमा छुट दिइएको बताए। स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोले स्वागतयोग्य भएको उनले बताए।

    रोजगारी सिर्जनाका विषय राम्रा

    नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताए। रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषयहरु राम्रो भएको बताए। उनले बाहिरबाट आउने व्यक्तिहरुलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकिकरण गर्ने विषयसमेत समावेश भएको बताए। स्वास्थ्य क्षेत्रमा कसरी अगाडि बढने विषयसमेत प्रष्टसँग  समेटिएको बताए। उनले विस्तृतमा अध्ययन गरेपछि परिसंघले आफ्नो धारणा बनाउनेसमेत बताए।

    बजेटले उपयुक्त कार्यक्रम ल्यायो

    होटल संघका पूर्व अध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुनर्उरुत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए। होटल क्षेत्रमालगायत समग्र पर्यटन क्षेत्रको पुनर्उरुत्थानका लागि बजेटले धेरै कुरा समेटेको बताए। व्यवसायीहरुको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुर्नरुत्थान कोष र एक खर्बको पुनसंरचना कोष ल्याउनु सकारात्म भएको बताए।

    यस्तै, उद्योग तथा प्रतिस्ठानमा काम गर्ने कर्मचारीको लागिसमेत उचित व्यवस्था गरिएको बताए। कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उनले बताए। आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरोन्नति गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्ने लगायतका कुरा आएकाले बजेट स्वागतयोग्य छ। नीति कार्यक्रमहरु राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौती रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]