राजनीति

कांग्रेसको निचोड  : बजेटले उद्योग डुबाउँछ, जनता डुबाउँछ, मुलुक पनि डुबाउँछ

कोरोना प्रभावितका लागि राहत प्याकेज नल्याएको आरोप

जेठ १६, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ।

    शुक्रबार नयाँबानेश्‍वरस्थित संघीय संसद भवनमा बसेको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो । 

    ‘सरकारकाले बजेट प्रचारमुखी मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन् । जनताको जीवनरक्षा गर्ने खालको छैन', बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, 'हामी खर्चको कटौतीको प्रस्ताव गर्छौँ।’

    बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशीलता नदेखाएको उनले बताए। 

    'कार्यान्वयन गर्न सक्ने अवस्था छैन। आम्दानी आठन्‍नी खर्च रुपैयाँ भन्‍ने उखान जस्तै बजेट छ। त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ', उनले भने, 'यतापट्टी सरकारको सजकता देखिँदैन। कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन। ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ।'

    पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए। भाषण मिठो भएपनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनले बताए।

    कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरु समेटिन नसकेको बताए। अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए।

    अर्का नेता मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए।

    कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेका नेताहरु पनि सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]