समाज

समान्य ज्वराे मात्र जाँचेर झुलाघाट नाकाबाट ८ सय नेपाली भित्र्याइयाे

जेठ १६, २०७७

    बैतडी : नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट दुई दिनमा ८ सय बढी नेपाली नागरिकको उद्धार गरिएको छ। शुक्रबार २ सय ८३ र बिहीवार ५ सय ७६ जनालाई स्वदेश भित्र्याइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।  

    साथै ९ भारतीय नागरिकलाई पनि पठाइएको उनले बताए। भित्रिएका उनीहरुको सामान्य ज्वरो मात्र जाँचिएको छ। सम्बन्धित जिल्लामा उनीहरुलाई पठाइएको छ।उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। 

    ‘कोरोना परीक्षणबिनै भित्र्याइँदा जोखिम बढ्यो’

    भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै ल्याइँदा कोरोना संक्रमणको जोखिम बढेको छ। अधिकांश संक्रमित भारतबाटै आएकाले बिनापरीक्षण भित्र्याइँदा कोरोनाको खतरा बढेको जिल्लाका स्थानीयहरुले बताएका छन्। 

    यसअघि जेठ ९ गते पनि उक्त नाकाबाट ३ सय ७८ जनालाई स्वदेश ल्याइएको थियो। नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो। झुलाघाट नाका भोलि पनि खुल्लै रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]