राजनीति

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

फाइल फोटो
जेठ १७, २०७७

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेरपछि बस्न लागेको छ।  विश्वभर फैलिएको कोरोना भाइरस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो।

    बैठक शनिबार बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

    बैठकमा अमेरिकी परियोजनाबारे निर्णय लिइने उनले बताए। ‘आज बस्ने बैठकमा एमसिसी कार्यदलले दिएको प्रतिवेदनमा छलफल हुन्छ,’ प्रेस सल्लाहकार थापाले ‘त्यसबारे आवश्यक निर्णय लिन्छ,’

    सरकारले बिहीबार ल्याएको बजेट पार्टीभित्र  विवादास्पद बनिरहेको एमसिसी परियोजना बजेट विनियोजन भएपछि बैठक बस्न लागेको हो। शुक्रबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]