कोभिड-१९ {अपडेट}

सुत्केरी भएको पाँच दिनपछि कोरोना संक्रमण पुष्टि

रिपोर्ट आउनै साता लागेपछि तनाव

जेठ १७, २०७७

    काठमाडौं : सिजरिङ गरेर बच्चा जन्माएकी ललितपुरकी एकजना महिलामा पनि कोरोना संक्रमण भएको छ। सुत्केरी हुनुअघि नै कोरोना परीक्षण गरिएपनि रिपोर्ट आउन ढिला भएपछि जेठ १२ मा सिजरिङ विधिबाट बच्चा जन्माएकी ललितपुर सुनाकोठीकी ती २३ वर्षीयामा शनिबार कोरोना पुष्टि भएको हो।

    २३ वर्षीया उनले जेठ १२ ग्वार्कोस्थित किष्ट अस्पतालमा सिजरिङ गरेर बच्चा जन्माएकी थिइन्। प्रसुति भएपछि डिस्चार्ज भइसकेकी उनमा कोरोना देखिएको हो। अपरेशन गर्ने बिरामीको पिसिआर परीक्षण गर्ने नीति अनुसार स्वाब संकलन गरेर टेकु पठाइएको थियो।

    तर रिपोर्ट आएन। रिपोर्ट आउन ढिला भएपछि अस्पतालले सिजरिङ विधिबाट अप्रेशन गरेर बच्चा निकाल्यो। तर त्यही अस्पतालमा उपचाररत बुङ्‍मतीका एक वृद्धको कोरोनाबाट ज्यान गयो।

    जेठ १४ गते ज्यान गुमाएका उनमा जेठ १५ मा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो। जेठ १५ मा डिस्चार्ज भएर घर गएकी ती महिला पनि संक्रमित पाइएपछि अब अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा जानुपर्ने भएको छ। 

    राजधानी उपत्यकामै पिसिआर रिपोर्ट आउन एक साता लाग्‍न थालेपछि संक्रमितबाट अन्यमा कोरोना फैलिने जोखिम बढेको छ। कोरोना पोजेटिभ पुष्टि भएपछि महिलासँग सम्पर्कमा पाइएका परिवारको विवरण संकलन थालिएको छ। उनको ‘ट्राभल हिष्ट्री’र कन्ट्याक ट्रेसिङ थालिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]