कोभिड-१९ {अपडेट}

कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुग्यो

दैलेखमा मात्र ८९ जना

जेठ १९, २०७७

    दैलेख : कर्णाली प्रदेशमा सोमबारसम्म १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले सोमबार जारी गरेको विज्ञप्तिमा यो सूचना जनाइएको छ। 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा नयाँ थपिएका नारायण नगरपालिका दैलेखका २२ वर्षीय पुरुष नारायण ५ का १७, १७, १७, १८, २३, २३, ३०, २५ जना पुरुष रहेका छन् भने दुल्लु नगरपालिका ८ का २० वर्षीय पुरुष, दुल्लु १२ का २०, ३५, ३९ वर्षीय पुरुष, दुल्लुकै २ वर्षीय बालक, २३ र ३० वर्षीया महिला रहेका छन्। 

    यस्तै नारायण नगरपालिका ८ का २४, २९ वर्षीय पुरुष, नारायण ४ का ३५ वर्षीय पुरुष नारायण ९ का २२ वर्षीय पुरुष नारायण ९ का ६० वर्षीया पुरुष छन्।प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका १९ जनामा संक्रमण पुष्टि भएको छ। पुष्टि हुनेहरुमा हिमा गाउँपालिका १ का ३६, ६३ वर्षीय पुरुष, हिमा ५ का २३, २६, ४३, ४६ वर्षीय पुरुष, हिमा ६ का २३ वर्षीय पुरुष, हिमा ७ का ५९ वर्षीय पुरुष छन्। 

    यस्तै सिंजा ३ का २४ वर्षीय पुरुष, सिंजा ४ का २१, २३, २३ वर्षीय पुरुष, सिंजा ५ का २६, ३६ वर्षीय पुरुष, सिंजा ६ का १२, ३१, ४५ वर्षका पुरुष र जिल्ला प्रहरी कार्यालय जुम्लाका २७, ३४ वर्षीया सुरक्षाकर्मी रहेका छन्। 

    यस्तै प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख नारायण १ का २२, २७  वर्षीय पुरुष, नारायण ३ का २१, ३१, ३५ वर्षिय पुरुष, नारायण ४ का १८, २०, २२ वर्षिय पुरुष, नारायण ५ का १८ वर्षिय पुरुष, नारायण ८ का १९, ३६ वर्षीय पुरुष, नारायण १० का १०, २३, २४, २७, ३६ वर्षीय पुरुष छन्। 

    सुर्खेतमै गरिएको परीक्षणमा महाबु गाउँपालिका ३ का २५ वर्षीय पुरुष छन्। 

    यस्तै सल्यान कुपिण्डे नगरपालिका ३४, ४० वर्षीय पुरुष कुपिण्डे ३ का २२, २८ वर्षिय पुरुष ५ का २१, २८, ३६ वर्षीय पुरुष, कुपिण्डे ६ का २३ वर्षीय पुरुष, कुपिण्डे ७ का २०, २१, वर्षीय पुरुष छन्। 

    यस्तै सुर्खेत ब्राहताल गाउँपालिका १ का २०, २१, २४, २६ वर्षीय पुरुष, बराहताल १० का २२ वर्षीय पुरुष रहेका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    दैलेखमा मात्र अहिलेसम्म ८९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने दुल्लु नगरपालिका ११ का ३५ वर्षीया युवाको मुत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]