फिचर : फोटो फिचर

लकडाउन अवज्ञा गर्दै खुले न्यूरोडका अधिकांश पसल

सामाजिक दूरी कायम गर्दै चलाउँछौं : व्यवसायी

जेठ २२, २०७७

    काठमाडौं : काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसहलरु आज देखि खुलेका छन्। सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन्। 

    साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए ।

    उनले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाइएको समेत बताउनुभयो । अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताए। 

    उनले लकडाउनका कारण लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताए। त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन्।


    पसल खुल्न थालेपछि केही ठाउँमा प्रहरीले बन्द गराउँदै हिडेको जानकारी आएको महासंघका अध्यक्ष कटुवालले बताए। उनले अब जसरी पनि पसल सञ्चालन गरिने बताए। बिहीबार न्युरोड, असन, भोटेबहाल लागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]