भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, हेटौडाको आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम “रास्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” का लागि रास्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ (दोश्रो संसोधन २०७५ ) को अनुसूची १ अनुसार न्युनतम मापदण्ड पुरा गरेका मकवानपुर जिल्लाका ईच्छुक कृषकहरुले  पशुपन्छी तथा मत्स्य पालन र कृषि तर्फ दुवै अनुसूची- २ अनुसारको निवेदन र अनुसूची- ३ अनुसारको फारम भरि यो सुचना प्रकाशन भएको मितिले ३० दिन (मितिः २०८०/०५/३०) भित्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडा, मकवानपुरमा आवेदन पेश गर्नुहुन यो सुचना प्रकाशन गरिएको छ । साथै रित नपुगेका तथा म्याद नाघी प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश हुन नसक्ने समेत व्यहोरा जानकारी गरईन्छ।
पुनश्च : निवेदन/आवेदन फारमको ढाचा यस कार्यालयबाट वा रास्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१ (दोश्रो संसोधन २०७५ मा प्राप्त गर्न सकिनेछ | कार्यविधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार, काठमाडौंको वेवसाइट http://moald.gov.np/ तथा यस कार्यालयको फेसबुक https://www.facebook.com/veterinary hospitalmakawanpur ( Veterinary Hospital Makawanpur ) मा हेर्न सकिनेछ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडा, मकवानपुर बाहेक सम्बन्धित स्थानीय तहमा आवेदन दर्ता गर्न चाहनेहरुको हकमा सुचना प्रकाशित भएको २५ दिन ( मिति २०८०/०५/२५) भित्र आवेदन आवेदन दर्ता गर्न सकिनेछ ।
थप जानकारीको लागी ०५७-४१२८२८, ९८५५०७०७२८/ ९८४५११२४९० मा सम्पर्क गर्न सकिनेछ ।