मकवानपुर । बकैया गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको आ.व २०७९/०८० को लेखापरीक्षण गर्न नेपाल चाटर्ड एकाउन्टेन्टस संस्थामा दर्ता भई आ.व २०८०/०८१ को लागि फर्म नवीकरण भएका इच्छुक लेखापरीक्षकहरुले सूचीकृत हुनको लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलका कागजात सहित यस गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्न हुन सम्बन्धित सबैको लागि यो सूचना आह्वान गरिएको छ ।
तपसिल : 
१) लेखापरीक्षक प्रमाण पत्र तथा चाटर्ड एकाउन्टेन्टस सदस्यता प्रमाण पत्रको प्रतिलिपी ।
२) आ.व २०७९/०८० सम्मको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी ।
३) लेखा परीक्षणको कसुरमा कुनै कारबाही नभएको प्रतिबद्धता पत्र ।
४) बकैया गाउँपालिका भित्र स्थायी ठेगाना भएका दर्तावाला लेखापरीक्षकको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
महेश श्रेष्ठ
प्रमुख प्रशासकीय अधिकृत
Contact No:9855088066 website: www.bakaiyamun.gov.np
email: bakaiyagaunpalika@gmail.com