मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोईन्टस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट बुधबार दिउँसो अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने वर्ष २४ को सुमन लामा र सोही गाउँपालिका–११ बस्ने वर्ष २४ को सुशिल भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, दिउँसो १२ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा. प्रदेश ०३–००१ च १५८४ नम्बर को पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो ।

सो क्रममा गाडीको ढालामा खाली क्रेटहरुले छोपी लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा बरामद भएपछि पिकअप गाडीसहित. उनीहरुलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।