हेटौँडा । श्रीकृष्ण प्रणामी वाईजुराज महिला समिति नेपालको केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकास्थित पशुपतिनाथ मन्दिरको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो।

समितिका केन्द्रीय अध्यक्ष मीरा खतिवडाको सभापतित्वमा भएको यस कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, केन्द्रीय सदस्य केदार चौलागाई तथा श्रीकृष्ण प्रणामीको केन्द्रीय धाम नवतनधाम मन्दिरका संयोजक श्याम केसीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा सचिवले प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रका कोषाध्यक्षले सर्वसमतिबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो। यसैगरी, कार्यक्रममा मकवानपुर जिल्लाका अध्यक्ष तथा श्रीकृष्ण प्रणामी सेवा समितिका मकवानपुर जिल्ला अध्यक्ष श्रीराम खतिवडाको पनि उपस्थिति रहेको थियो।












