हेटौँडा । मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेका इकाई मन्दिरहरूको वार्षिक साधारण सभा सम्पन्न भएपछि आइतबार श्रीकृष्ण प्रणामी सेवा समिति, मकवानपुरको ३१औँ साधारण सभा हेटौँडामा सम्पन्न भएको छ।

समितिका सभापति श्रीराम खतिवडाको सभापतित्वमा भएको सभामा केन्द्रीय सहकोषाध्यक्ष अर्जुन वाग्लेको प्रमुख आतिथ्य रहेको थियो। सभामा केन्द्रीय सदस्य केदार चौलागाईं र सल्लाहकार रामप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभामा जिल्लाभरिका सबै इकाई मन्दिरका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सभामा कोषाध्यक्ष घनश्याम नेपालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई उपस्थित सम्पूर्ण प्रतिनिधिहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्।