हेटौँडा । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपाल सरकारले निर्धरण गरेको भाडादर अनुसार आफ्ना सवारी साधन सञ्चालन गर्न सम्पूर्ण सदस्य व्यवसायीलाई आग्रह गरेको छ।

महासंघका महासचिव बद्री प्रसाद चौलागाईंले जारी गरेको सूचनामा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकारको गुनासो पोर्टलमा काठमाडौं – धनगढीको दुबई भाडा अत्यधिक लिएको भन्ने गुनासो आएको विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख छ ।
उक्त परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले तोकेको भाडादरभन्दा बढी नलिन तथा तोकिएको भाडा अनुसार नै यातायात सेवा सञ्चालन गर्न महासंघले आफ्ना सबै सदस्य व्यवसायीलाई अनुरोध गरेको छ।

महासंघले यात्रु सेवा सञ्चालन गर्दा सरकारी निर्णय र प्रचलित भाडादरको पूर्ण पालना गरी यात्रुहरूसँग पारदर्शी तथा जिम्मेवार व्यवहार गर्न पनि आग्रह गरेको छ ।

महासचिव बद्री प्रसाद चौलागाईंको हस्ताक्षरसहित जारी विज्ञप्तिमा तोकिएको भाडादर अनुसार सेवा प्रवाह गरी यात्रुको गुनासो नआउने वातावरण बनाउन सम्पूर्ण सदस्य संस्था तथा यातायात व्यवसायीलाई हार्दिक अनुरोध गरिएको छ ।