हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिएका गुरुप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएको अवस्थामा सापकोटाले उम्मेदवारी फिर्ता लिनुभएको हो।
उम्मेदवारी फिर्ता लिनुको कारणबारे सापकोटाले तत्कालको परिस्थितिमा आफूले उम्मेदवारी फिर्ता लिँदा पार्टीभित्र सहकार्य र आगामी नेतृत्वका लागि सहज वातावरण बन्ने बताउनुभएको छ।
सापकोटाले पार्टीका साथीहरूको विश्वास र मन जित्नुलाई आफूले महत्वपूर्ण रूपमा लिएको बताउनुभयो। “पार्टीका साथीहरूको मैले मन जित्न सकूँ भन्ने मेरो उद्देश्य हो। चाहे त्यो अध्यक्ष बनेर होस्, चाहे त्यो नेतृत्वमा आएर होस्। अहिले नै मैले उम्मेदवारी फिर्ता लिँदा सहज हुने र साथीहरूको मन जितेको मैले महसुस गर्ने अर्थले उम्मेदवारी फिर्ता लिएको हुँ,” उहाँले भन्नुभयो।











