हेटौंडा / पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई लिएर एमाले पार्टीले हेटौंडामा बिरोध जनाएका छन् । बिरोध र्याली प्रदर्शन गर्दै एमालेका नेता तथा कार्यकर्ताहरुले रास्वपा सरकार देशलाई अस्थिर , द्वन्द , मुठभेडतर्फ अग्रसर गराउन लागिपरेको आरोप लगाएका छन् ।

नेकपा एमालेका पुर्व प्रमुख सचेतक तथा पुर्व संघीय साम्सद महेश बर्तौलाले स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले दुइतिहाइ बहुमतको दम्भ गर्दै प्रतोशोधको यात्रा तय गरेको बताएका छन् । उनले स्टाटसमा भनेका छन् , ”सरकार स्वयम् नै मुलुकलाई अस्थिरता , मुठभेड र द्वन्द तर्फ धकेल्न भयानक षडयन्त्रमा लाग्यो”

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रुपमा दुई तिहाइ शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै क्रुर प्रतिशोध तर्फको यात्रा प्रारम्भ गरेको छ । यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता , मुठभेड र द्वन्द तर्फ धकेल्न भयानक षडयन्त्रमा लागेको उजागर भएको छ । यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ । मुलुकका सबै देशभक्त र लोकतान्त्रिक राजनीतिक शक्तिहरुले सरकारको यसप्रकारको बदनियतपुर्ण हर्कतको सशक्त बिरोध र प्रतिबाद गर्न जरुरी छ ।

यस्तै पक्राउ प्रकरणको बिरोध गर्दै नेकपा एमाले मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामाले बिज्ञपति जारी गरेका छन् । उनले ओलि र लेखकको यथासिग्रह रिहाइको माग गरेका छन् । रास्वपा सरकारको कदम आपत्ती जनक भएको बिज्ञप्तीमा उल्लेख छ । पार्टीले हेटौंडामा नाराजुलुस गर्दै रास्वपा सरकारको बिरोध जनाउदै नारा लगाएका थिए ।