हेटौँडा । श्रीकृष्ण प्रणामी मन्दिर गुरुधाम हेटौँडा–१६ को ३६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य केदार चौलागाईं, सह-कोषाध्यक्ष अर्जुन वाग्ले, मकवानपुर जिल्ला कार्यसमितिका अध्यक्ष श्रीराम खतिवडा तथा युवा परिषदका केन्द्रीय सदस्य शिव खतिवडा लगायतका अतिथिहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभाले संस्थाका कोषाध्यक्ष महेश बजगाईंद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनका साथै अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।