मकवानपुर । हेटौँडामा बिहान ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। बिहान करिब ६ बजेर ५७ मिनेटमा हेटौँडामा ठूलो भूकम्पको धक्का महसुस भएको हो। भूकम्प २५ देखि ३० सेकेण्डसम्म महसुस भएको छ।

भूकम्पको धक्का महसुस भएसँगै हेटौँडावासीहरु घरबाहिर सडकमा निस्किएका थिए । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु पनि क्याम्पसबाहिर खुला चौरमा निस्किएको सहप्राध्यापक सुरेश श्रेष्ठले जानकारी दिएका छन् ।

भूकम्पको मापनको सन्दर्भमा थप विवरण आउन बाँकी छ।