हेटौँडा । २०८३ साल भाद्र १० गते चिनको भुभागबाट आएको बाढीले बगाएर ज्यान गुमाउनेहरुको आत्मा शान्ति तथा घाइतेको शिघ्र स्वास्थ लाभको कामना सहित पञ्च आरती प्रार्थना मा निस्किएका पञ्च हृदय टोलि नेपाल फर्किएको छ ।
द्वारकाधिश धाम,श्री ५ नवतनपुरी धाम, श्री ५ महामंगलपुरी धाम तीनै धाममा संकल्प सहित दर्शनमा निस्किएको टोलिले कल्याणको लागि पञ्च आरती , मेहेरसागर पाठ श्री ५ नवतनपुरी धाम , जामनगरमा गरेका थिए ।
यसै गरि सबै धामबाट लेराइएको प्रसाद तथा श्री ५ नवतनपुरी धामको रुमाल यात्रा टोलिका सदस्य एवं सहयोगी मन नेपाल का अध्यक्ष केदार चौलागाईंले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लाई प्रदान गरेका थिए ।





















